जेठ ०९, २०८१, बुधबार
               

आठ दिन लकडाउन थप गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

सरकारले थप आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।

आइतबारै कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । 

सरकारले यसअघि सरकारले घोषण गरेको लकडाउन यही १८ गते बिहान ६ बजेबाट सकिँदै छ ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन  थप लकडाउन १८ गते बिहान ६ बजेबाट सुरु हुनेछ । 

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी एक साता लकडाउनको घोषणा गरेको थियो । 

कोरोना संक्रमणका बिरामी दिन प्रतिदिन बढ्दै गएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन लकडाउन गर्ने घोषणा गरेको हो । 

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

यो पनि