जेठ ०४, २०८१, शुक्रबार
               

प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिमले कोभिड–१९परीक्षण मेसिन पाउने

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएका छन् । 

चीनबाट ल्याइएका कोभिड–१९ परीक्षण गर्ने मेसिन प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पिसिआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएका हुन् । 

चीनबाट कोभिड–१९ परीक्षण गर्ने मेसिन ल्याइएपछि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

चीनबाट ल्याइका पाँचवटा पिसिआर मेसिनमध्ये एक थान काठमाडौंमा नै राखिने बताइएको छ । 

उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) लगायत सामग्री पठाइने निर्णय गरेको विडारीले बताए । 


कस्तो लाग्यो ?

यो पनि