जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय सीमा नाकामा सेनासहितको संयुक्त टोलीले गस्ती गर्ने

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतबाट नेपाली स्वदेश भित्रिने क्रम बढेपछि सीमा नाकामा संयुक्त पैदल गस्ती बढाइएको छ । 

मुख्य सीमा नाका बन्द गरिएपछि नेपालीहरु भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली महाकाली नगरपालिकासंग जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा आजनदेखि पैदल गस्ती सुरु गरिएको हो । 

नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई कार्यान्वयन गराउन सेनासहितको गस्ती सुरु गरिएको कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । 

बनबसा भएर आउँदा चेकिङको झन्झट हुने भएकोले भारतमा काम गरेर फर्किनेहरुले महाकाली नगरपालिकाको बाटो प्रयोग गर्ने क्रम बढेसँगै पैदन निगरानी बढाइएको खतिवडाले बताए । 

यसअघि सरकारले अन्तिम पटक नेपालीहरुलाई नेपाल प्रवेशको मौका दिइने घोषणा गरेको थियो । त्यसदिन नेपाल प्रवेश पाएका नेपाली अहिले स्थानीय सरकारको समन्वयमा क्वारेन्टाइनमा छन् । 

नोभेल कोरोना भाइरसको संक्रमण रोक्ने पहलस्वरुप सरकारले सीमा नाका बन्द गर्नुका साथै देशभर लकडाउन घोषणा गरेको छ । 

छिमेकी देश भारत सरकारले पनि २१ दिनका लागि लकडाउन जारी गरेको छ । 

तर, भारतमा रहेका नेपाली भने नेपाल आउने क्रम बढिरहेको छ । 

यो पनि