जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसका महासमिति सदस्य लामाको निधन

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधन भएको छ ।

कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा बिहीबार निधन भएको उक्त पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका लामा महेन्द्र बौद्ध माध्यामिक विद्यालय व्यवस्थापन समिति तथा चक्रबहादुर ठकुरी फाउण्डेशनका अध्यक्ष थिए ।  


कस्तो लाग्यो ?

यो पनि