जेठ ०४, २०८१, शुक्रबार
               

कोभिड–१९ फैलिन नदिन कामनपाका विभिन्न स्थानमा कीटनाशक औषधि

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट,  पानीपोखरी हुँदै महाराजगञ्ज र  वसन्तपुर आसपास र  भित्री क्षेत्रमा कीटनाशक औषधि छर्किएको छ । 

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिन भन्दै सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र दिएको हो । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर औषधि छर्कने बताए । 

कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले मानिसको भीडभाड बढी हुने स्थान  वीर अस्पताल, भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानबाट औषधि छर्कन सुरु गरिएको बताए । 

यो पनि