जेठ ०४, २०८१, शुक्रबार
               

देउवाद्वारा राहत घोषणा गर्न आग्रह

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत तत्काल राहात घोषणा गर्न आग्रह गरेका छन् । 

उनले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न यस्तो आग्रह गरेका हुन् ।

देउवाले कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस् भन्दै सरकारलाई सजग गराएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’

साथै, विश्वमहामारीबाट बच्नका लागि लकडाउनको विकल्प नभएको भन्दै देउवाले लकडाउनको समर्थन गरेका छन् । 
‘लकडाउनविश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन उत्तम विकल्प छैन,’ देउवाले ट्विटमा भनेका छन् । 

यो पनि