जेठ ०४, २०८१, शुक्रबार
               

परराष्ट्र र श्रमले विदेशमा रहेका नेपालीबारे जानकारी लिन दूतावासमा भिडियो कल

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पाँच मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन त्यहाँ रहेका नेपाली नियोग प्रमुखसँग भिडियो कल गरेका छन् ।

मन्त्रीद्वयले भिडियो कन्फरेन्स मार्फत मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपाली नियोगप्रमुखसँग छलफल गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । छलफलमा कोभिड १९ संक्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, कोरोना संक्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा त्यसबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा छलफल भएको थियो ।

छलफलमा नेपाली नियोग प्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको कोभिड १९ को संक्रमणको अवस्था, त्यहाँको सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदम, नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई र्पुयाइरहेका नियमित र आकस्मिक सेवा लगायतका विषयहरूमा जानकारी गराएका थिए । छलफलमा मन्त्री ज्ञवालीले नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदमका बारेमा जानकारी गराएका थिए । उनले नियोग प्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका संक्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन गर्न निर्देशन दिएका थिए ।

मन्त्री ज्ञवालीले नियोग प्रमुहहरुलाई नेपाली नागरिकहरुको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनिहरुको तलव तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न आग्रह गरेका थिए । उनले नेपाली नागरिकलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउन तथा नेपाली समुदाय र दूतावास परिवार समेत संक्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन दिएका थिए ।

भिडियो कन्फरेन्समा श्रम मन्त्री यादवले नेपाली राजदूतावासप्रति अहिलेको संवेदनशील र अप्ठारो परिस्थितिमा विदेशमा रहेका नेपालीहरुको ठूलो भरोसा भएकाले स्थानीय सरकार एवं रोजगारदातासंग समन्वय गरेर परिआउने समस्या र चुनौतीहरुको सामना गर्न आग्रह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि