जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंमा लकडाउन कार्यान्वयनमा कडाइ, उल्लंघन कम

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस कोभिड– १९ को संक्रमण फैलिन नदिन सरकारले देशभरि लकडाउन गरेको दोस्रो दिन बुधबार काठमाडौं उपत्यका थप सुनसान बनेको छ ।

लकडाउनको पहिलो दिन काठमाडौंमा फाटफुट सवारी र पैदल यात्रु देखिएका थिए । तर, पहिलो दिनको तुलनामा दोस्रो दिन बुधबार अवज्ञा कम देखिएका छन् ।

बुधबार बिहानै लकडाउन उल्लंघन गर्ने तीन सय दुई सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

घरबाट अनावश्यक बाहिर निस्केका सर्वसाधारणलाई सुरक्षाकर्मीले सम्झाइबुझाई गरेर घर फर्काइरहेका प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

अत्यावश्यक सेवा र लकडाउनमा चलाउने अनुमति लिएका सवारी भने सडकमा फाटफुट गुडेका छन् ।


कस्तो लाग्यो ?

यो पनि