जेठ ०८, २०८१, मंगलबार
               

लकडाउनमा साथ दिएको भन्दै सरकारद्वारा जनतालाई धन्यवाद

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना नियन्त्रणका लागि चालिएको कदमलाई साथ दिएको भन्दै सरकारले जनतालाई धन्यवाद दिएको बताए । 

मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले  सरकारले जनतालाई धन्वाद दिएको जानकारी दिएका हुन् ।  

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले धन्यवाद प्रस्ताव पास गरेको थियो ।

समितिले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन र सवारीसाधन सञ्चालन गर्न रोक लगाएको थियो । 
त्यसअनुसार अत्यावश्यक काममाबाहेक मानिस घरबाहिर निस्किएका छैनन् । 

यो पनि