जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउनमा खाद्यान्न किन्न नपाए ११३७ मा फोन गर्नू

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य सामग्री नपाएमा ११३७ मा फोन गर्न आग्रह गरेका छन्। 

मन्त्री भट्टले खाद्वान्न खरिदका लागि विभिन्न अनलाईन तथा सहज माध्यम प्रयोग गर्न आग्रह गर्दै सम्भव नहुँदा फोन गर्न आग्रह गरेका हुन् । 

साथै लकडाउनका बेला खाद्य सामग्री, तरकारी तथा दूध बेच्ने पसल बन्द गर्न नभनिएकाे भन्दै सुरक्षित भई सम्भाव भएसँगै सञ्चालन गर्न आग्रह समेत गरेका छन् । तर सामान किन्न भीड नगरिकन जानुपर्ने समेत उनले बताए।

कुनै पनि तरिकाले खाद्य सामग्री पाउन नसकेमा ११३७ मा फोन गर्न आग्रह गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि