चैत १६, २०८०, शुक्रबार
               

हेटौँडा–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडाैं । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले सरकारले आगामी वैशाखभित्रै हेटौँडा–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने बताएका छन् ।

उनले मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सुरुङमार्गको निर्माणका लागि सरकारले आगामी वैशाख तेस्रो साताभित्रै बोलपत्र  आह्वान गर्ने जानकारी दिएका हुन् । 

मन्त्री फुँयालले सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा समावेश गर्ने गरी काठमाडौँको चन्द्रज्योति विद्युत् गृह, सुन्दरीजल विद्युत् गृह, हेटौँडा–काठमाडौँ जोड्ने रोपवे र हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाईमा रहेको पुरानो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने विषयमा उच्चस्तरीय प्राविधिकले अध्ययन थालिसकेको बताए । 

‘यसलाई तीव्रता प्रदान गर्न तथा आगामी २०७७ साल फागुनभित्र उक्त राजमार्गको ७९ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ,’ पुरानो कान्तिराजपथ निर्माण भइरहेको र बताउँदै उनले भने, ‘जसका लागि अवश्यक स्रोतसाधन परिचालन गरिसकिएको छ ।’

मन्त्रीले प्रदेशको १३ वटै जिल्लामा सञ्चालन गरिने राष्ट्रिय गौरवका आयोजना एवम् स्थानीय निकायबाट सिफारिस भई आएका विकासका पूर्वाधारका योजनालाई समावेश गर्ने क्रममा सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीबीच बजेट तर्जुमा गर्ने सम्बन्धमा केही साताभित्रै बृहत् छलफल प्रारम्भ गर्ने तयारी रहेकोसमेत बताए । 

यो पनि