जेठ ०४, २०८१, शुक्रबार
               

विदेशी नागरिकलाई नेपाल आउन रोक्न र आएका नेपालीलाई क्वारेन्टाइनमा राख्न निर्देशन

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडाै‌ं । संसदीय समितिले सरकारलाई विदेशी नागरिकलाई नेपाल आउन पूर्ण रोक लगाउन र विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । यसका साथै समितिले सीमालगायत भन्सार नाकाबाट आउनेको अनिवार्य जाँच गर्न पनि पनि निर्देशन दिएको छ ।

यसका अलवा समितिले सरकारलाई उपभोग्य वस्तु, औषधि, परीक्षणयन्त्र र कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सिकको सुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि