जेठ ०४, २०८१, शुक्रबार
               

आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् । मिर्गाैला प्रत्याराेपण गर्न जानुअघि फागुन १८ मा मन्त्रिपरिषद् बैठक बसेकाे थियाे । 

उक्त बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । 

आज बस्ने बैठकले उक्त समितिले गरेको काम कारबाहीको समीक्षा र  कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ । 

यो पनि