जेठ ०४, २०८१, शुक्रबार
               

क्रियाशिल सदस्यता वितरण र नविकरण स्थगित

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको लडाईमा सरकारसँगै रहेको जनाएको छ । 

कांग्रेसले कोभिड—१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिवद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरुद्धको लडाईका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए। शर्माले पार्टीको क्रियाशिल सदस्यता वितरण र नविकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताए । चैत ९ गतेबाट चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नविकरणका कामहरु रोकिएको उनले बताए ।

फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताए । सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, १० गतेबाट लामो दुरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ ।  यसैगरी १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि