जेठ ०४, २०८१, शुक्रबार
               

विप्लवका रौतहट जिल्ला इन्चार्ज पक्राउ

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

रौतहट । रौतहटबाट नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला इन्चार्जसहित दुइृ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा शनिबार बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुई जनालाई रौतहट र मकवानपुरको सिमाना नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लवका जिल्ला इन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको डिएसपी हेमबहादुर शाहीले बताए । उनीहरूको साथबाट एकथान पेस्तोल र एकथान हैण्डगृनेड बरामद भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि