जेठ ०४, २०८१, शुक्रबार
               

हेटौंँडामा आपतकालीन केन्द्र सचिवालय स्थापना

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

कोरोना भाइरस प्रकोपलाई नियन्त्रणमा ल्याउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा कोरोना भाइरस आपतकालीन केन्द्र सचिवालयको स्थापना भएको छ ।

उक्त सचिवालय स्थापना गर्न आज बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त सचिवालय निर्माण गर्ने निर्णय गरेको हो । 

 बैठकले उक्त सचिवालय २४सैै घन्टा सञ्चालनमा ल्याउने तयारी गरिरहेको सो मन्त्रालयले जनाएको छ ।

बैठकले वाग्मती प्रदेशका सबै र्वजनिक यातायातको निगरानी गर्ने, विदेशबाट फर्केका व्यक्तिहरुको अभिलेख राख्ने, विभिन्न भिडभाड हुने स्थानमा हेल्थ डेक्स राख्ने निर्णय गरिएको मन्त्री जम्मकट्टेलले बताए । 

यो पनि