जेठ ०४, २०८१, शुक्रबार
               

के के छन् प्रधानमन्त्रीको सम्बोधनमा मुख्य बुँदा?

नेपाल फ्ल्यास
चैत ०७, २०७६

फाइल फोटो
ADVERTISEMENT

कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले केही कदम चालेको छ । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरी केही सरकारका निर्णय, केही सुझाव र केही निर्देशन दिएका छन् । त्यसको मुख्य अंश

सुझाव 

- सरसफाइमा उचित ध्यान दिनुहोस्- साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।

- भिडभाडबाट टाढै रहनु होस्, 

- सकेसम्म घरमै बस्नुहोस्, 

- अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,

- हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,

- चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गर्नुहोस्,

- धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्,

- सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

अपेक्षा

सङ्क्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई सङ्क्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाइहरूले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । 

प्रतिबद्धता

- निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही समेत गरिने स्पष्ट पार्दछु ।

- मुलुक बाहिर ठुलो सङ्ख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाइहरूलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आफू रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरूले तपाईँहरूका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु । 

- विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्न सक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा सङ्कुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी- श्रमको संसारका सबै सहयात्रीहरूमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई सम्बोधन गर्ने नै छ । 

निर्णय

- नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

- सिमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ ।

- देशैभर सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । 

- आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । 

- मानिसहरूको भिडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । 

- विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरू हाललाई स्थगित गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि