जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन : सबै विदेशी उडानमा रोक

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौँ । सरकारले नेपालबाट आउने जाने सबै अन्तर्राष्ट्रिय हवाइसेवा बन्द गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्दै कोरोना भाइरसको संभावित जोखिमबाट बच्न विभिन्न कार्यक्रमहरू घोषणा गरेका हुने । 

त्यसक्रममा चैत ९ देखि १८ गतेसम्मका लागि नेपालबाट हुने सवै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द गरिएको छ । त्यसैगरी चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन बन्द गरिएको छ । 

सरकारले अत्यावश्यकबाहेकका अपरेशन चैत मसान्तसम्म नगर्न अस्पतालहरूलाई निर्देशन पनि दिएको छ । 

प्रधानमन्त्रीले विदेशमा भएका नेपालीलाई परेको मर्कालाई सरकारले गम्भीरता साथ लिएको सम्बन्धित मुलुकमा रहेको दूताबास वा कुटनीतिक नियोगमार्फत सहयोग पुर्‍याउने बताएका छन् ।

प्रधानमन्त्रीले सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँच गरिने जनाएका छन् । 

प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट हुने सेवा घरबाटै गर्न प्रोत्साहित गर्ने जनाएका छन् ।

उनले कोरोना भाइरसको त्रासका बेला कृतिम अभाव हुन नदिने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि