जेठ ०४, २०८१, शुक्रबार
               

आज गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस

नेपाल फ्ल्यास
चैत ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । स्वर्गीय नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौँ स्मृति दिवस परेको छ । कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छैन् ।

६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा बिताएका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । राणा शासनको विरोध गरेको आरोपमा उनका पिता कृष्णप्रसाद कोइराला देश निकाला भएपछि कोइराला परिवार भारतमा बस्दै आएको समयमा गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते बिहारको सहरसा जिल्लामा भएको थियो।  वि.सं. २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरी राजनीति सुरु गरेका थिए ।

राणा शासन र पञ्चायतविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाएका कोइरालले राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व गर्दै मुलुकमा गणतन्त्र स्थापनाका लागि मुख्य भूमिका निर्वाह गरेका थिए ।

कोइरालाले युद्धरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई बृहत शान्ति सम्झौतामा हस्ताक्षर गराउने काम गरेका थिए । उनको ८५ वर्षको उमेरमा ०६६ साल चैत ७ गते निधन भएको थियो।


कस्तो लाग्यो ?

यो पनि