जेठ ०४, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा बैठक स्थगित

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले भोलीका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भए पनि राष्ट्रिय सभाको बैठक भने भोली (शुक्रबार) १ बजे बोलाइएको छ । यसअघि बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिए पनि राष्ट्रियसभा बैठक भने बिहीबार पनि १ घण्टाभन्दा बढी समय बसेको थियो ।


कस्तो लाग्यो ?

यो पनि