जेठ ०४, २०८१, शुक्रबार
               

संसदीय समितिले गरे सरकारी निर्णयको अवज्ञा

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । संसदीय समितिहरूले २५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारी निर्णयको अवज्ञा गरेका छन् । 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार २५ जना भन्दा बढी भेला नहुन गरेको निर्देशनको अवज्ञा गर्दे विहिबार संघीय संसदका समितिले बैठक गरेका हुन् । विहिबार राष्ट्रियसभा र संघीय संसद अन्र्तगत संसदीय समितिले सरकारको निर्देशन उलंघन गर्दे बैठक सञ्चालन गरे ।

राष्ट्रियसभा बैठकमा सांसदहरूको तापक्रम जाँच गरी स्यानिटाइजरले हात धोएर मात्रै भित्र प्रवेश गराईएको थियो । राष्ट्रियसभा बैठक शुक्रबार पनि सञ्चालन हुने बताइएको छ । बिहीबार राज्य व्यवस्था तथा शुसासन समिति बाहेक केही समितिहरूले बैठक सञ्चालन गरे ।

कानून, न्याय तथा मानवअधिकार समिति, विकास तथा प्रविधि समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र अर्थ समितिको बैठक संञ्चालन भयो । राज्य व्यवस्था तथा सुशासन समितिमा भने सांसदहरूले  २५ जना भन्दा बढी उपस्थित भएकाले संञ्चालन गर्न नहुने भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको थियो । औपचारिक विषयमा प्रवेश नगरे पनि समितिमा सदस्यहरूबीच केही बेर छलफल भने चलेको थियो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा २५ जनाभन्दा कम सांसदहरू सहभागि भएकाले बैठक सञ्चालन गरिएको बताइएको छ । अर्थ समितिमा भने ३० जनाभन्दा बढी सांसदहरू सहभागी थिए ।

बिहीबार नै उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागि हुने भनिएको एक कार्यक्रम भने अन्तिम समयमा आएर स्थगित भएको छ । कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने कार्यक्रमका लागि सहभागीहरू आएको भए पनि सरकारी निर्णयको अवज्ञा गर्न नहुने भन्दै स्थगित गरिएको थियो ।

यता गृहमन्त्री समेतको सहभागितामा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठक भने बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भने पनि अत्यावश्यक विषयमा छलफल गर्नुपर्ने भएकाले सञ्चालन गर्नुपरेको बताए । 


कस्तो लाग्यो ?

यो पनि