जेठ ०६, २०८१, आइतबार
               

कैदीबन्दी रिहा गर्न मापदण्ड निर्धारणका लागि गृहमन्त्रायमा छलफल हुँदै

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

सरकारले सामान्य मुद्दाका थुनुवा र कैदी रिहा गर्ने सम्बन्धमा अवश्यक निर्णयका लागि गृहमन्त्रालयले छलफल अघि बढाएको छ । 

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका भन्दै सरकारले सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा र कैदीलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो । 

यद्यपि गृहमन्त्री रामबहादुर थापाको सचिवालयका एक सदस्यले कैदीबन्दीको रिहा सम्बन्धमा मापदण्डबारे छलफल भइरहेको बताए । 
उनले बैठकले अनौपचारिक रुपमा छलफल अघि बढेको अवस्थामा कैदी छाड्ने मापदण्ड र कानुनी प्रक्रिया तय गर्नका लागि बैठक बस्न लागेको बताए । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जनाभन्दा धेरैलाई एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाइसकेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि