जेठ ०६, २०८१, आइतबार
               

''संसदको काम कारवाही रोक्नुपर्छ''

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरूले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन् । 

मंगलबार संघीय संसद बाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसदहरूले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको काम कारवाही रोक्नुपर्ने बताएका हुन् । सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरू निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताए । उनले भने, ‘संसदमा कुनै विजनेश पनि देखिँदैन् । सांसदहरूले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन् । केही गरि तलमाथि भयो भने ठूलो क्षति निम्त्याउछ ।’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था नभएको बताए । भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उनले सावधानी अपनाउनुपर्ने बताए । अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले संसद पनि २, ४ दिनभन्दा बढी नचल्ने बताए । उनले भने, ‘संसद २—४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन । अधिवेशन सकिने बेला पनि भयो । बढीमा ३ दिन बढी जाँदैन् ।’

सांसद प्रमिला कुमारी कोरोनाले विश्वका धेरे देशहरू संक्रमित भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताइन् । संसदमा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उनले ७ गतेसम्म मात्रै संसद चल्न सक्ने बताइन् ।

सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिए पनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताइन् । नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उनले बताइन् ।

विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण छैन् । कोरोनाको संक्रमण नदेखिए पनि सरकारले सभा सम्मेलन, धेरे भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि