जेठ ०७, २०८१, सोमबार
               

प्रचण्डलाई  ‘झापड’ हान्ने पदम फेरि पक्राउ

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

७ वर्षअघि  तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवनभित्रबाट पक्राउ परेका हुन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गाराज रेग्मीले पुष्टि गरे । 

रेग्मीका अनुसार संसद भवनको गेटभित्र रहेको शौचालय छिरेका कुँवरलाई शनिबार राति पक्राउ गरेर हिरासतमा राखिएको हो । ‘कसैलाई नसोधी भित्र पसेछन्  । त्यसपछि नियन्त्रणमा लिइएको हो । अहिले छाड्ने तयारी भइरहेको छ,’ डिएसपी रेग्मीले भने । 

नेताहरूले देश बिगारेको भन्दै शौचालय जाने बहानामा संसद भवन पसेको कुँवरले प्रहरी समक्ष बताएको स्रोतले जानकारी दियो । बाग्लुङका कुँवरले ०६९ मंसिरमा प्रचण्डलाई थप्पड हानेका थिए । 

तत्कालीन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि चर्चामा आएका कुँवर पछि धरौटीमा छुटेका थिए । 


कस्तो लाग्यो ?

यो पनि