जेठ ०२, २०८१, बुधबार
               

'प्रधानमन्त्रीले अब राजीनामा दिएर आराम गरे हुन्छ'

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए । 

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै अध्यक्ष जबराले भने, ‘प्रधानमन्त्री ओलीले स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न सकेनन्,  बिरामी हुँदा त झन् सम्भव नै छैन ।’ 

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ।’ प्रधानमन्त्रीले राजीनामा दिएर आराम गर्दा नै देश र उनी दुवैको लागि उचित हुने अध्यक्ष जबराले बताए । 

उनले ओली मात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए। अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए। 

वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ। उनले विदेश नीतिमा पनि झनै असफल भएको दाबी गरे। उनले भने, ‘अमेरिकी सहयोग एमसिसी लिने सवालमा त नेकपाले कार्यदल बनाएर गाईजात्रा देखायो।’ 

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुलुकमा बेथिति र विसंगति हुँदा पनि कुनै किसिमको खबरदारी गर्न नसकेको पनि उनले आरोप लगाए ।

यो पनि