जेठ ०७, २०८१, सोमबार
               

अमेरिकाले पनि गर्‍याे अनिश्चितकालीन संकटकाल घोषणा

एजेन्सी
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोनाको कारण अमेरिकाले पनि अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।

चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् ।  

विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ ।

साथै, केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ ।


कस्तो लाग्यो ?

यो पनि