प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट ११ दिनपछि शुक्रबार साँझ डिस्चार्ज भएका छन्।
मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् ।
फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि उनी अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। यद्यपि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।
उनलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।समीक्षा भने बुधबारै डिस्चार्ज भइसकेकी छन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो।
यो पनि