प्रधानमन्त्रीका प्रेस सल्लाहकर सूर्य थापाले प्रधानमन्त्री ओलीलाई आज साँझसम्म डिस्चार्ज गर्ने बताएका छन् ।
केही दिनदेखि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने भनिए पनि बालुवाटरमा उनलाई राख्ने तयारी नपुगेको र उनकी पत्नीले केही दिन हस्पिटलमै राख्न चाहेकाले उनको डिस्चार्ज समय लम्बिँदै आएको थियो ।
उनलाई मिर्गाैला दिने समीक्षा संग्रौलाको भने केही दिन अघि नै डिस्चार्ज भइसकेको छ ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण फागुन २१ गते गरिएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य पूर्ण लाभ भएकाले डिस्चार्ज गर्न लागिएको जानकारी दिए ।