जेठ ०८, २०८१, मंगलबार
               

देउवाको प्रवक्तामार्फत कोइरालालाई काठमाडौं फर्कन मौखिक निर्देशन

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई काठमाडौं फर्कन निर्देशन दिएका छन् । 

सभापति शेरबहादुर देउवाले गुटको भेला गरी हिँडेको भन्दै डा. कोइरालालाई प्रवक्ता विश्वप्रकाश शर्मामार्फत् यस्तो निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन सभा सम्मेलन रोक्ने निर्णय गरेको, तर, उनले गुटको भेला गर्दै हिँडेकाले डा. शेखर कोइरालालाई काठमाडौं फर्किन मौखिक निर्देशन दिएको देउवा पक्षले बताएको छ । 

अर्को वर्ष हुने कांग्रेसको १४ औं महाधिवेशन नेताहरुलाई लागिसकेको छ । डा. कोइराला पनि आगामी महाधिवेशनका सभापतिका  आकांक्षी हुन् । उनी केही समयअघिदेखि नै देश दौडाहामा व्यस्त हुँदै आएका थिए । यसै क्रममा उनी  शुक्रबार गोरखा पुगेका छन् । 

डा. कोइरालाले चैत अन्तिम साता नेपालगन्जमा आयोजना हुने भनिएको नेपाल प्रेस युनियनको अधिवेशन रोक्न नहुने धारणा राखेसँगै देउवा पक्ष उनीप्रति आक्रोशित देखिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि