बैशाख २५, २०८१, मंगलबार
               

रिमोट कन्ट्रोलबाट भएको थियो बास्कोटाको घरमा बम विस्फोट

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट भएको खुलेको जानकारी दिए ।

प्री प्रमुख प्रधानका अनुसार, घरको कम्पाउन्डभित्र बम राखेर त्यसलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको थियो । घटनास्थलमा एक झोला भेटिएको र त्यसभित्र प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने केही सामाग्री भेटिएको जानकारी प्हरी प्रमुख प्रधानले बताए ।

प्रधानका अनुसार, बास्कोटा निवासमा आक्रमण हुने अनुमान प्रहरीले पहिल्यै गरेको थियो । यही आशंकामा बास्कोटाको अडियो काण्डपछि प्रहरीले उनको निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो । तथापि, बुधबार बिहान विस्फोटको घटना भएको प्रधानले बताए ।

‘पूर्वमन्त्री गोकुल बास्कोटाज्यूको निवासमा कुनै घटना हुने पूर्वानुमान हामीलाई थियौँ,’ एसपी प्रधानले सञ्चारकर्मीसँग भने, ‘यही अनुमानका आधारमा हामीले मन्त्रीज्यूको निवास र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएका थियौं ।’ सुरक्षासतर्कताकै बीच कसरी विस्फोटको घटना भयो भन्नेबारे भने उनले केही खुलाएनन् ।
 


कस्तो लाग्यो ?

यो पनि