जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसीको भविष्य सत्तरुढ दुई अध्यक्षको समझदारीमा भर पर्छ : सभामुख सापकोटा

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको भविष्य सत्तारुढ नेकपाका दुई अध्यक्षको आपसी समझदारीमा भर पर्ने बताएका छन् । 
उनले मंगलबार सम्पादकहरूसँग कुराकानी गर्दै एमसिसी सभामुखको ‘कोर्ट’ मा नभई सत्तारुढ नेकपाकै ‘कोर्ट’ मा रहेको बताएका हुन् । 
‘अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसिसी) सभामुखले तोक लगाइदिने विषय होइन,’ कुराकानीमा उनले भने, ‘एमसिसीको भविष्य सत्तारुढ नेकपाका दुई अध्यक्षको आपसी समझदारीमा भर पर्छ ।’ 

यो विषयमा आपूmले यसै भन्न नमिल्ने बताउँदै उनले आफूले २७५ सांसद्को भावनालाई कार्यान्वयन वा निष्कर्ष मात्र गर्ने बताए ।

‘यो विषयमा सचिवालयमा छलफलका लागि प्रस्तुत गरिसकेको,  तर प्रधानमन्त्री अस्पताल भर्ना हुनाले रोकिइराखेको छ,’ उनले भने, ‘सत्तारुढ पार्टीकै हाई लेभलमा छलफल चलिरहेकाल आफू अन्य काममा लागेको छु । मैले यसबारे विस्तृत रुपमा अध्ययन गरेको छैन ।’ 

यद्यपि उनले आफू एमसिसी सन्दर्भमा उठिरहेका ‘अतिवादी विचार’ को पक्षमा नरहेको  बताए । उनले यो विषयलाई हाल भएका दुई अतीतको बीचबाट अध्ययन गरिरहेको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि