जेठ ०३, २०८१, बिहीबार
               

एकीकरणपछि पार्टी फुट्न दिँदैनौं : अध्यक्ष थापा

नेपाल फ्ल्यास
फागुन २७, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् । 

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे । उनले भने, ‘पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्छ ।’ 

बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछ । 

थापाले पार्टी नफुट्ने दाबी गर्दै सतर्क र सचेत रहन सबैलाई आग्रहसमेत गरे । ‘आशंका लिएर नकारात्मक सोच लिएर बढ्न खोज्यौं भने शिथिल भइन्छ र गति लिन सकिँदैन । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी बढ्नुपर्छ’, थापाले भने । 

अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे । 

थापाले कम्युनिस्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने तर्क गरे । अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस, कम्युनिस्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने उल्लेख गर्दै थापाले उनीहरुले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि