जेठ ०४, २०८१, शुक्रबार
               

नेपाली राजनीतिमा बलियो वैकल्पिक राजनीतिक शक्ति तयार भयो : थापा

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा बलियो वैकल्पिक राजनीतिक शक्तिको तयार भएको बताएका छन् । 
राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वबीचमा राप्रपा संयुक्तबीच एक सम्झौतामा हस्ताक्षर भएसँगै उनले भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् । भिडियो सन्देशमार्फत उनले एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने बताएका छन् । 

‘हामी पार्टी एकता गर्न सफल भएका छौँ । दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पाएको छ,’ भिडियोमा उनले भनेका छन्, ‘प्रमुख ठूला दलको अकर्मण्यता र गलत नीतिका परिणामस्वरुप देशले भोग्नुपरिरहेको विकृति र विसंगतिबाट देशलाई मुक्त तुल्याएर देशमा शान्ति तथा स्थायित्व कायम गर्ने र आर्थिक विकास एवम् समृद्धिको लक्ष्य हासिल गर्ने भरपर्दो राजनीतिक विकल्प अब जनताले प्राप्त गरेका छन् ।’

भिडयो सन्देशमा उनले पार्टी एकता हुँदा आफू खुसी र सन्तुष्ट रहेको बताएका छन् । साथै उलने भिडियोमा यसअघि दुई राप्रपा एकता भएको छोटो समयमै ०७३ फागुनमा विभाजित भएकोमा उनले कमजोरी भएको स्वीकारेका छन् । 

‘महाधिवेशनको छोटो समयमै यसअघि पार्टीमा आएको विभाजन रोक्न नसक्नुमा म नैतिक रूपमा जिम्मेवार छु,’ थापाले भनेका छन्,‘ ‘पार्टी विभाजन हुँदा ठूलो मूल्य चुकाउनु परेको छ ।’

साथै भिडियोमा उनले पार्टीमा तीन अध्यक्ष रहने केही अव्यवहारिक र अस्वभाविक प्रावधान राखेको बताए । उनले यसलाई महाधिवेशनले टुंग्याउने बताए । 


कस्तो लाग्यो ?

यो पनि