काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारसम्म डिस्चार्ज गरिने बताइएको छ । ओलीको उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारसम्म डिस्चार्ज गर्ने बताएका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले डिस्चार्ज गर्न लागिएको उनले बताए । साथै, उनले प्रधानमन्त्री हिँड्डुल गर्न सक्ने र आफैँ खानेकुरा खान सक्ने पनि भइसकेका बताए ।
‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लगभग सामान्यजस्तै भइसकेकाले हामी उहाँलाई बुधबारसम्म डिस्चार्ज गर्ने मनसायमा हामी छौँ,’ उनले भने, ‘ प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई पनि सँगै डिस्चार्ज गर्ने तयारी छ ।’