बैशाख २५, २०८१, मंगलबार
               

आफ्नै बचाउ गर्दै गोकुल बास्कोटा

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा आफ्नै बचाउ गरिरहेका छन् । सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको उनले दाबी गरेका छन् ।

बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरुपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम गरेको दाबी गरे ।

पूर्वमन्त्री बास्कोटाले समितिले प्रेस खरिद गर्नको लागि ३३ अर्ब लागत अनुमनसहितको प्रतिवेदन बुझाएपनि आफूले २३ अर्बमा प्रेस खरिद गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।

उनले भने, ‘मैले गलत काम गरेको छैन, राष्ट्रलाई घाटा हुने कुनै निर्णय गरेको छैन, राज्यलाई फाइदा हुने काम गर्दा म माथि षडयन्त्र भयो ।’ ७० करोड कमिसन मागेको भन्दै अडियो सार्वजनिक भएपछि बास्कोटाले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि