पटक–पटक फुट्दै जुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकताको प्रयास पुनः असफल भएको छ ।
शनिबार दुई पार्टीबीच एकतापत्रमा समझदारी हुने तय भए पनि विधानमा कुरो नमिल्दा पार्टी एकता असफल भएको हो ।अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ विधान भएमात्रै एकता हुने अडान लिएपछि एकता भाँडिन पुगेको एक स्रोतले जनाएको छ ।
केही दिनअघि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. लोहनीबीच पार्टी एकता गर्ने विषयमा सहमाति जुटेको थियो ।
पार्टी निर्णयपछि संयुक्तको तर्फबाट राणाले एकताका लागि नयाँ विधान हुनुपर्ने कुरा गरेका थिए, तर थापाले हालको आफ्नै विधान हुनुपर्ने अडान लिएपछि दुई पार्टीको एकता भाँडिन पुगेको हो ।
पार्टी एकता भाँडिएसँगै दुवै पार्टीले एकअर्कालाई दोषारोपण गरेका छन् । यद्यपी दुवै पक्षले एकता वार्तालाई निरन्तरता दिइरहेका छन् ।