मंसिर ०७, २०८१, शुक्रबार
               

नेता नेपालबाट प्रमको स्वास्थ्यलाभको कामना

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेलसहित मन्त्रिगण, सांसदसमेत अस्पताल पुगेका थिए ।  प्रधानमन्त्री ओलीको गत बुधबार अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि