बैशाख २७, २०८१, बिहीबार
               

सरकारले निजी क्षेत्रसँग मिलेर मास्क उत्पादन गर्ने

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ । 

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ । 
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी समेत सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास भइरहेको बताए । 

खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी बढिरहेको बताए । 

कोरोनाका कारण पर्यटन, व्यापारलगायत क्षेत्रमा असर पर्ने अनुमान गरिएको उनले बताए । लगानीका अवसर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने उनले बताए । 

यो पनि