जेठ ०५, २०८१, शनिबार
               

जनतालाई खुसी नपारे कम्युनिस्ट पार्टी टिक्दैनन् :  पूर्वप्रधानमन्त्री नेपाल

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिस्ट पार्टी नटिक्ने बताएका छन् । 

मदन भण्डारी फाउन्डेसन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृंखला ५, नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिस्ट पार्टी रहन जनता खुसी हुनुपर्ने बताए । 

उनले २१ औं शताब्दिको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगीकार गरेको समेत बताए । त्यसैले कम्युनिस्ट पार्टीका नेताले सर्वहारा वर्गको नारा दिएर मात्र नहुने र आफूलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए । 

उनले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठूलो उपलब्धि हासिल गरिसकेको तर समाजवाद मान्नेहरूले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझै संघर्ष गरिरहनु परेको तर्क गरे । 

उनले जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सधैं जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मुल पक्ष भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि