जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री होसमा आए, सोचेभन्दा राम्रो भएको डाक्टरको भनाइ

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओली होसमा आएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले जनाएका छन् । 

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन साँझ अस्पताल पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेकपाका नेताहरुलाई डा. प्रेम ज्ञवालीसहितको चिकित्सक टोलीले यस्तो बताएका हुन् । 

ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यू होसमा आइसक्नुभएको छ, अहिले उहाँलाई प्रत्यरोपण कक्षमा सारिएको छ’, डा. ज्ञवालीको ब्रिफिङ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यस्तो बताए । 

चिकित्सकहरूले सोचेभन्दा पनि राम्रोसँग शल्यक्रिया सफल भएको र स्वास्थ्यमा पनि अपेक्षा गरिएभन्दा तीव्र गतिमा सुधार भइरहेको डा. ज्ञवालीले बताए । 

पूर्वप्रधानमन्त्री नेपालसँगै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न उपप्रधानमन्त्री पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङसहित नेता अस्पताल पुगेका थिए । 

यो पनि