प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ । अपरेसन कक्षबाट सारेर उनलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको छ।
प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ। अन्य कुनै समस्या नदेखिए उनलाई भोलि बिहान कालो चिया दिइने बताइएको छ ।
‘भोलि बिहान उहाँलाई कालो चिया दिन्छौं। अरू कुनै समस्या देखिएन भने सोमबारसम्म डिस्चार्ज गर्ने योजना छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘अवस्था धेरै राम्रो भयो भने आइतबार पनि डिस्चार्ज गर्न सकिन्छ।’