बैशाख २०, २०८१, बिहीबार
               

अर्थमन्त्रीमा खतिवडाद्वारा शपथ ग्रहण

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

अर्थमन्त्री डा.  युवराज खतिवडाले सपथ तथा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार बिहान अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

खतिवडाले दिउँसो ४ बजे राष्ट्रपति निवासमा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । 

राष्ट्रिय सभा सदस्य रहेका खतिवडाको कार्यकाल म‌गलबार सकिएसँगै उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । तर प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका हुन् । 

संघीय सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि