बैशाख १३, २०८१, बिहीबार
               

भारतीय जिल्ला समन्वय समितिको बैठक नेपालमा सुदूरपश्चिमका केही जिल्ला प्रमुखकाे पनि सहभागी

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT


काठमाडौं । भारतीय जिल्ला समन्वय समितिको बैठक नेपालकाे बैतडीमा सुरु भएको छ । भरतीय समन्वय समितिको बैठकमा सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुलालगायत जिल्ला प्रमुख  सहभागी छन् । 

बैठक सीमाका नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई पेन्सन बुझ्न भएको समस्या, शान्तिसुरक्षा, मानवबेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोबार, दुबै देशलाई असर पुर्याउने बाढी पहिरो नियन्त्रण, शरणार्थी समस्या, अवैध उत्खनन, अवैध मुद्रा नियन्त्रण र समसामयिक विषय (कोरोना भाइरस) लगायत २१ बुँदामा केन्द्रित रहेको बताइको छ । 

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डिएम) डाक्टर विजयकुमार जोगदण्ड सहभागी छन् भने  नेपालको तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदूनाथ पौडेलको सहभागिता छ ।

बैठकमा जिल्ला प्रशासन कार्यालय पिथौरागढ, बैतडी, दार्चुलाका सुरक्षा निकायका प्रमुखको पनि सहभागिता छ ।   

यो पनि