जेठ ०८, २०८१, मंगलबार
               

हामी हात मिलाउँदैनौँ, जय नेपाल गर्छौं ः देउवा

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणबाट बच्न अब सबैले उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । सकभर कसैसित हात नमिलाउनसमेत उनले आग्रह गरे।

धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा देउवाले भने,  ‘कोरोना नेपालमा पनि आउन सक्ने सम्भावना बढी छ । यो डरलाग्दो र खतरनाक रोग रहेछ । भरसक कसैले हात नमिलाउने । बरू नमस्ते गर्ने, हामी त जय नेपाल गर्छौं।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरे । ओली आज त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका छन् ।

देउवाले प्रजातन्त्र विरोधी काम भए विरोध गर्ने बताए । स्थानीय तहमा भ्रष्टाचार बढेको उनले आरोप लगाए। साथै एमसिसी जस्ताको त्यस्तै पारित गर्नुपर्ने पनि उनले बताए । ‘यति धेरै रकम अहिलेसम्म नेपालमा आएको थिएन । जस्ताको त्यस्तै पारित गर्नुपर्छ । ढिलो भइसक्यो,’ उनले  भने ।

सुदूरपश्चिम प्रदेश सरकारले केही काम गर्न नसकेको आरोप उनले लगाए । आफ्नो चारवर्षे सभापतिको कार्यकाल सफल भएको देउवाको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि