बैशाख १३, २०८१, बिहीबार
               

सासंदको प्रश्न सरकारको कान छ कि छैन ?

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । सांसदहरुले उठाएका मुद्दाहरुप्रति सरकारले ध्यान नदिएको भन्दै बागमती प्रदेश सांसदहरुले आक्रोश पोखेका छन् ।

बागमती प्रदेशसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक जनचासोका विषयमा ध्यानाकर्षण गराउँदा पनि सरकारले समयमै जवाफ नदिएको गुनासो सांसदहरुले गरेका हुन् । 

सांसद नरोत्तम वैद्यले पशुपतिनाथमा सुनको जलहरी राख्ने नाउँमा सुन चन्दा उठाएको विषयमा प्रदेश सरकारले आफ्नो धारणा स्पस्ट गर्न नसकेको भन्दै प्रदेश सरकरको आलोचना गरे । 

वैद्यले सांसदहरुको कुरा नसुन्ने सरकारको कान छ कि छैन भन्दै प्रश्न गरे । 

उनले भने, ‘सरकारसँग कान छ कि छैन ?  सांसदले जति बोले पनि सुन्दै सुन्दैन ।’ उनले सरकारले जवाफ दिनुपर्ने कुरा नदिने गरेकाले सभासदहरुको गरिमा घटदै गएको हो कि भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘मुख्यमन्त्री, मन्त्रीहरुको कान बाक्लो हुँदै गएको हो कि भन्ने मैले अनुभव गरेको छु ।’ उनले पशुपतिनाथमा चाँदीको जलहरी निकालेर सुनको जलहरी राख्न लागेको सन्दर्भमा चन्दा उठाउँदै गरेको देखिएको बताए । 

उनले भने, ‘कसैले २ तोला सुन राख्दै गएको देखिन्छ, कसैले तीन तोला सुन राख्दै गएको छ ।’ उनले पशुपतिनाथको मन्दिर बागमती प्रदेशमा पर्छ भने यो विषयमा प्रदेश सरकारको धारणा आउनपर्ने बताए । 

सांसद रमेश पौडेलले सत्तासीन नेकपाको जिम्मेवार नेतृत्व पंक्तिबाट मुख्यमन्त्रीले संसदीय दलमा बहुमत गुमाएको कुरा बाहिर आएको भन्दै मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिन चुनौती दिए । भने, ‘यो सत्य हो वा होइन मलाई थाहा छैन । मुख्यमन्त्रीले आफुमा संसदको बहुमत छ भन्ने कुरा नैतिक रुपमा प्रमाणित गर्नुपर्छ ।’ उनले हाउसको पूर्ण बहुमत कमाण्ड गर्छु भन्ने हो भने नेपालको संविधानको धारा १ सय ८८ को १ अनुरुप विश्वासको मत लिएर बढ्न चुनौती दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि