बैशाख २५, २०८१, मंगलबार
               

झापाका पुराना कम्युनिस्ट नेता धर्मप्रसाद घिमिरेको मृत्यु

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

 काठमाडौं । धर्मप्रसाद घिमिरे भारतको पश्चिम बंगालमा मृत भेटिएका छन् । उनी झापाका पुराना कम्युनिस्ट नेता हुन् । लामो समयदेखि डिप्रेसनको औषधि प्रयोग गर्दै आएका उनी बागडुग्रानजिकैको चिया बगानस्थित सडकमा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको जानकारी दिए । 

उनी नेपालको पहिलो संविधानसभा सदस्य हुन् । उनी चर्चित ‘नख्खु जेल ब्रेक काण्ड’का सदस्य पनि हुन् । 

उनी २०२३ देखि राजनीतिमा लागेका थिए । उनी घिमिरे ओझेलमा परेका एक पुराना कम्युनिस्ट नेता मानिन्छन् । 
उनी  झापा विद्रोहमा लागेकै कारण उनले ९ वर्षसम्म जेल जीवन बिताएका थिए । घिमिरेका एक छोरा र २ छोरी छन् ।


कस्तो लाग्यो ?

यो पनि