बैशाख १७, २०८१, सोमबार
               

पूर्वराजाद्वारा ओलीको स्वास्थ्यलाभको कामना

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार आफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जनलाई पठाएर पूर्वराजा शाहले ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पूर्वराजाले स्वास्थ्यलाभका लागि लिखित सन्देश नै पठाएका हुन् । सो सन्देश महर्जनले अस्पताल पुगेर सम्बन्धितलाई हस्तान्तरण गरेको जनाइएको छ । 

ओली सोमबार अस्पताल भर्ना भएका थिए । बुधबार उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

 

यो पनि