मंसिर ०७, २०८१, शुक्रबार
               

सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो : ख्यमन्त्री राउत

रासस
फागुन २०, २०७६

ADVERTISEMENT

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी बनाउन पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राख्नुपर्ने बताएका छन् । साथै, उनले  राजधानी बनाउन दूरगामी सोचकाे खाँचो  रहेकाे  पनि बताए ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा  आयोजित कार्यक्रममा  बाेल्दै उनले भने,  'जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य शहरका रूपमा विकास गर्न गहन रूपले चिन्तन मनन गर्नुपर्दछ ।'

उनले जनकपुरधाम माता जानकीको जन्मस्थल तथा विद्वानको भूमि भएकाले सबै तथ्यलाई ध्यानमा राख्दै संसारलाई चिनाउने किसिमले दूरगामी सोच निर्धारण आवश्यक रहेको बताए । साथै, उनले प्रदेश सरकार जनकपुरधामको विकास गर्ने सन्दर्भमा हरेक किसिमले सहयोग गर्न तयार रहेको बताए । 

मुख्यमन्त्री राउतले  सङ्घीय सरकार पुरानै मानसिकतालाई महत्व दिइरहेको आरोप लगाएका छन्  । सार्वजनिक जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगरेकाे प्रस‌ंग जाेड्दै उनले यस्ताे आराेप लगाएका हुन् । 

उनले सङ्घीय सरकारले पठाएका सचिवहरूले प्रदेशमा काम हुन नदिने मानसिकता बोकेका कारण प्रदेशमा विकासले गति लिन नसकेको पनि बताए ।  साथै,  उनले आगामी दिनमा प्रदेश सरकार सङ्घविरुद्ध आन्दोलनमा सक्नेसमेत बताए । 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि