जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेसमा महिलालाई एकतिहाइ क्रियाशील सदस्य अनिवार्य गर्न माग

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

कांग्रेस भातृसंस्था नेपाल महिला संघले पार्टीले क्रियाशील सदस्यता वितरण गर्दा कम्तीमा एकतिहाइ महिलालाई वितरण गर्नैपर्ने माग गरेको छ । महिला संघले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पार्टी विधानमा १४औँ महाधिवेशनबाट लागू हुने गरी वडादेखि केन्द्रीय समितिसम्म एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको विषय पनि सम्झाएको छ।

संघकी अध्यक्ष उमा रेग्मीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कांग्रेसका चार लाख ९० हजार क्रियाशील रहेका सदस्यमध्ये जम्मा ३ प्रतिशत मात्रै महिला रहेकोमा उक्त संख्यालाई बढाएर ३३ प्रतिशत पुर्‍याउनुपर्ने माग उल्लेख छ। 

सभापति देउवाले ज्ञापनपत्र बुझ्दै मागलाई कार्यान्वयन गर्ने बताएको रेग्मीले जानकारी दिइन् । आफूले भने केन्द्रबाट ३३ प्रतिशत महिलालाई अनिवार्य क्रियाशील सदस्यता दिन निर्देशनात्मक सर्कुलर हुनुपर्ने माग गरेको रेग्मीले बताइन् ।

कांग्रेसले आगामी १४औँ महाधिवेशन अघि बढीमा ५० प्रतिशत क्रियाशील सदस्य बढाउने निर्णयसमेत गरेको छ।


कस्तो लाग्यो ?

यो पनि