बैशाख १३, २०८१, बिहीबार
               

प्रतिनिधिसभामा राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

प्रतिनिधि सभामा राजसस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव भएको छ । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद राजेन्द्र लिङ्देनले तीन तहको सरकार हटाएर दुई तहको सरकार निर्माण गर्न र  जनप्रतिनिधिहरुको संख्या घटाइ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक प्रणालीबाट संसद गठन हुने गरी  संविधान संशोधन हुनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले सत्तारुढ दलले कुनै व्यक्ति र स्वार्थ समूहका लागि संविधान संशोधनको बहस गर्नुभन्दा दलीय राजनीतिभन्दा माथि रहेको संसद्को नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संशोधन गर्न प्रस्ताव गरेका हुन् । साथै, उनले सत्तारुढ दलले संविधान संशोधनका कुरा झिकेर ठिकै गरेको पनि बताए । 

‘व्यक्ति, परिवार र स्वार्थ समूहका लागि नभएर जनताका लागि संशोधन अगाडि बढाउन आग्रह गर्दछु,’ प्रतिनिधिसभामा उनले भने, ‘संविधान संशोधन गर्ने नै हो भने सत्तारुढ दल र प्रतिपक्षी दलले समेत सहमति गरी ४० हजार जनप्रतिनिधि र तीन तहको संरचना हटाऔँ, संवैधानिक अंगहरुमा हुने नियुक्तिलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔँ, निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्व समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गरौँ, दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौँ ,’ उनले भने । 

यो पनि